सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा पूर्वका केही जिल्लाका शैक्षिक संस्थाहरुमा चन्दा माग गर्दै धम्की दिने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको माम्सेबुङ गाँउपालिका १ गजुरमुखी घर भई हाल काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षका प्रविण मिश्र र पाँचथरको याङवरक गाउँपालिका १ बस्ने अन्दाजी ३० वर्षीय विपिन अधिकारी हुन्।
उनीहरुले विगत केही समयदेखि मोरङ लगायतका जिल्लामा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा चन्दा माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वांसात्मक कार्य समेत गर्ने धम्की दिएको प्रहरीले जनाएको छ।
चन्दा माग गरिरहेको सूचनापछि सादा पोसाकमा ब्यापक प्रहरी खटाइएको थियो। सीसीटीभी फुटेजका आधारमा धाकधम्की दिई जबरजस्ती चन्दा माग गर्ने समूहको पहिचान गरिएको र पक्राउ गरेको प्रहरीले जनाएको छ। चन्दा अशुल गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। उनीहरुले शैक्षिक संस्थाहरुलाई त्रसित बनाउन प्रेशर कुकरमा बम बनाई विराटनगर महानगरपालिका ३ स्थित घरेलु तथा साना उद्योग कार्यालय परिसर नजिकै राखेका थिए।