सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
१ फागुन, काठमाडौं । जिवित पतिलाई मरेको भनी मृत्युदर्ता प्रमाणपत्रका आधारमा सामाजिक सुरक्षा (एकल महिला) भत्ता लिएको आरोपमा विशेष अदालतले रामेछापकी एक महिला र वडा सचिवलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतले रामेछापकी निर्मला खत्रीलाई ३ महिना कैद र १० हजार रुपैंया जरिवाना गरेको हो । आवश्यक प्रमाण नै नबुझी मृत्युदर्ता प्रमाणपत्र बनाई भत्ता दिएको आरोपमा रामेछापको मन्थली नगरपालिका–३ का वडा सचिव शिव कुमार महतो पनि दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई पनि ३ महिना कैद र १० हजार रुपैंया जरिवाना गरेको हो ।
अख्तियारमा उजुरी दर्ता हुँदा ‘आफू जिवितै छँदा श्रीमतीलाई एकल महिला भत्ता खुवाएको’ भनी उजुरी परेको थियो । पछि छानबिन हुँदा निर्मला खत्रीले जिवित श्रीमानको मृत्यु भएको भनी मृत्युदर्ताको निवेदन दिएको खुल्यो । त्यसक्रममा वडा सचिव महतोले मिलेमतो गरी मृत्युदर्ता प्रमाणपत्र दिएको खुल्यो । अख्तियारले मृतक भनिएका व्यक्तिका वारेमा भने केही उल्लेख गरेन । तर अरु दुई जनालाई मुद्दा चलायो ।
मृत्युदर्ता प्रमाणपत्रका आधारमा उनले ४५ हजार २२० रुपैंया रकम भुक्तानी लिइसकेकी थिइन् । अख्तियारले वडा सचिवलाई योजनाकार र भत्ता लिने महिलालाई मतियारको रुपमा अदालतमा पेश गरेको थियो ।